एकै दिनमा २४ जनामा कोरोना भेटियो, संक्रमितको संख्या १ सय ३४ पुग्यो
काठमाडौँ-स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।
सोमबार बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण पुष्टि भएको थियो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका र लुम्बिनी सांस्कृतिक गाउँपालिकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
सोमबार साँझ फेरी संक्रमितको संख्या थपिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा संक्रमन भेटिएको प्रयोगशालाले जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष छन् ।
यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् । यता बर्दिया राजापुरकी ११ वर्षीया महिलामा संक्रमन भेटीएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
अहिलेसम्म उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा २१, रुपन्देहीमा ७, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ तथा बागलुङ, बारा, चितवन र झापामा २/२ जनामा संक्रमण भेटिएकोे छ । त्यस्तै भोजपुर, सर्लाही, सप्तरी, बर्दिया र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये ३३ जना निको भएका छन् । नारायणी अस्पताल वीरगन्जबाट निको भएर घर गएका दुई जनामा पीसीआर परीक्षणमा फेरी पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि पुन अस्पतालमा भर्ना गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE