Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

१६ जेठ, झापा– प्रहरीले अवैध ब्राउनसुगर सहित झापाबाट दुई जनालाई पक्राउन गरेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ धाईजन चोकबाट २ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही पालिकाका ३१ वर्षीय भिमल बस्नेत र २९ वर्षीय बिशाल बस्नेत रहेका छन् ।

प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE