Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

गुडिरहेका यात्रुबसमा एक्कासी आगलागी

७ कार्तिक, धादिङ – पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।

गएराति सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

करिब ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् । बसमा रहेको सामान भने सबै जलेर नष्ट भएको छ । यात्रुहरू भाग्यले बाँचेको र यत्रो आगलागीमा कसैलाइ केही हुन नपाएको एक यात्रुले बताए ।

धादिङ प्रहरीले भने बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको जनाएको छ । बस जलेपछि राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगो लाग्नुको कारण यकीन नभए पनि वायरिङमा सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE