Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026

भारतले लगायो पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

एजेन्सी, १७ भदौ । भारत सरकारले चीनमा बनेको पब्जी गेमसहित एक सय १८ मोबाइल एप्समा प्रतिबन्ध लगाएको छ।

इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ति एप्सलाई प्रतिबन्ध लगाएको जनाएको छ । उक्त एप्स भारतको सार्वभौमिकता र अखण्डता, देशको रक्षा र सार्वजनिक सुव्यवस्थाबिरूद्धको गतिविधिमा संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुयो कदमले भारतका करोडौं मोबाइल र इन्टरनेट प्रयोग गर्नेहरूको हितको रक्षा गर्नेछ। यो निर्णय भारतको साइबर स्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने उदेश्य लिएको छ।ु

बयानका अनुसार, भरत सरकारले ती एप्सको बारेमा विभिन्न स्रोतहरूबाट गुनासो आइरहेको थियो । जसमा एन्ड्रोइड र आईओएसमा उपलब्ध केही मोबाइल एप्स प्रयोगकर्ताहरूको डाटा अनधिकृत रूपमा चोरी गरेर भारत बाहिरका सर्भरहरूमा पठाइएको थियो।

भारतले यसअघि जुनमा सुरक्षाको कारण देखाउँदै टिकटक,यूसी ब्राउजर,वी च्याट लगायत ५९ वटा मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE