१३ जिल्लाको क्रियाशील विवाद आजै टुंग्याउने कांग्रेसको सहमति
८ आश्विन,काठमाडौं – नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यताको विवाद आजै टुंग्याउने भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बसेको पदाधिकारी बैठकले १३ जिल्लामा देखिएका विवाद आजै टुंग्याउने सहमति गरेको हो ।
सहमहामन्त्री प्रकाशशरण महतका अनुसार १३ जिल्लामा देखिएका क्रियाशील सदस्यता विवाद आजै टुंग्याउने सहमति भएको छ। ‘आज १३ जिल्लाको क्रियाशील सदस्यता टुंगो लाग्छ। दसैंअगाडि नै यी जिल्लामा वडा अधिवेशन भइसक्छ,’ उहाँले भन्नुभयो, ‘वडा अधिवेशन सकिएका हिमाली जिल्लामा भने दसैंअगाडि नै जिल्ला अधिवेशन हुन्छ।’
प्रदेश नम्बर २ का ८ सहित विभिन्न १३ जिल्लामा क्रियाशील सदस्यता विवाद हुँदा वडा अधिवेशन भएको छैन। कांग्रेसले ६४ जिल्लाको वडामा भने वडा अधिवेशन गरिसकेको छ। ती जिल्लामा शनिबार गाउँरनगर अधिवेशन हुनेछ।
सहमहामन्त्री महतले केन्द्रीय महाधिवेशन सार्नेबारे छलफल नभएको पनि बताउनुभयो। ‘अधिवेशन गर्न आवश्यक समय मात्रै लिइन्छ। वडा अधिवेशन भएपछि अब अरू रोकिन्न,’ उहाँले भन्नुभयो ।
क्रियाशील सदस्यताबारे देखिएका विवाद पटकपटक समाधान गरे पनि फेरि नयाँ(नयाँ विवाद देखिँदा १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE