एमसिसी उपाध्यक्षको भ्रमणलाई लक्षित सुरक्षा व्यवस्था कडा
भदौ २४,काठमाडौँ-राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो। उनी कतारबाट आज काठमाडौं आउँदैछिन् ।
नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरीक प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए।
सुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटल जाने कार्यक्रम छ। उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ।
सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ। त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रवेशमा कडाइ गरिएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE