महाशिवरात्रि यसरी मनाइँदै छ
२७ फागुन
काठमाडौँ – फागुन कृष्ण त्रियादशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै छ ।
यसपटक महाशिवरात्रिको चाडमा दशै पछि धेरै विशेष संयोगहरू मिलेका छन् । जसको कारण यस पर्वको महत्व अझ बढेको छ ।
पहिलो संयोग महाशिवरात्रिका दिन चार ठूला ग्रहहरू शनि, गुरु, बुध र चन्द्रमा मकरमा छन् । दोस्रो संयोग महाशिवरात्रिको दिन शिवयोग, सिद्धियोग र धनिष्ठा नक्षत्रको संयोग हो। यस दुर्लभ योगमा भगवान शिवको पूजा गर्दा सबै प्रकारका दोष हट्नेछ र कष्टबाट पनि राहत मिल्नेछ ।
साथै यो दिन रुद्राभिषेक गर्नु शुभ हुनेछ। त्यसैले पूजाको शुभ समय कुन हो र कसरी पूजा गर्दा लाभ मिल्नेछ जान्नुहोस् ।
महा शिवरात्रि पूजाको लागी शुभ समय :
पूजाको सबैभन्दा शुभ समय बिहीबार राति १२ बजेर ६ मिनेट देखि १२ बजेर ५४ मिनेटसम्म छ । त्यस्तै महाशिवरात्रि पारण समय (शुक्रबार) पनि बिहान ६ बजेर ३४ मिनेटबाट दिउँसो ३ बजेर २ मिनेटसम्म शुभ समय छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE