Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

दाङको तुलसीपुरमा गोली चल्यो, दुई जना पक्राउ

दाङको तुलसीपुरमा गोली चल्यो, दुई जना पक्राउ

२८ जेठ, काठमाडौं– दाङको तुलसीपुरमा एक जनाले पेस्तोलबाट गोली चलाएका छन् ।

प्रहरीले हवाइ फायर गर्नेलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कर्यालय दाङले जनाएको छ ।

प्रहरीले गोली चलाएको आरोपमा एक जनालाई पेस्तोलसहित पक्राउ गरेको हो भने अर्का एक जनाले बाइकमा भाग्न सहयोग गरेका कारण प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरीका २४ वर्षीय पूर्ण वली र २१ वर्षीय आकाश चौधरी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE