Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

एलिना र मिलन को मर्ने एउटै बाटो हुन्छ २ बजारमा

३० भदौ, काठमाडौँ –मनिष रञ्जन बराल  बिगत ७ बर्ष देखी संगीत क्षेत्र लाई नै आफ्नो करीयर बनएका मिलन कडेँल, गौतम बुद्दको  जन्मस्थल लुम्बिनिमा जन्म भयो त्यस्लगत्तै  स्कुलको पढाई सकेर उच्च शिक्षा हासिल गर्नको लागि र बिशेष गरी संगीत लाई नै अआफ्नो कारीयर बनाउने उद्देश्यले काठमाडौँ होमिएका मिलन को संगीतिक काहानी निक्कै रोचक छ ।

करीब ७ बर्षको यो यात्राामा मिलनले गीत गाउनेमात्र नभएर , शब्द रचना , संगीत सङ्गै एरेन्जिङ्ग सम्म गर्न  सक्ने,मिलनले हल्ला फिजायो, मादलु , कस्तो माया ,मर्ने एउटै बाटो हुन्छ लगायत को सफलता पछी दर्शक हरुको माझ मर्ने एउटै बाटो २ बजारमा ल्याएकाहुन् ।

हरेक बिधाको गीत गाउँन र रचना गर्नमा अब्बल मिलनका भजन गितरु पनि उत्तिकै लोकप्रिय छन् ।  एउटै बाटो २  मा शब्द संगीत र एरेन्ज  मिलन आँफैको रहेको छ भने गायिका  एलिना चौहान सँगको जुगल्बन्धी स्वर ले निक्कै राम्रो बनेकोमा मिलन ढुक्क छन, उनी  भन्छ्न् यो एक फिल्म हो जहाँ हाम्रो समाज र मानव प्राणिको  वास्तविक कुरा लाई गीत संगीत मार्फत उतार्ने प्रयास हामिले गरेका छौं । २ बर्षको ब्रेक पछी ल्याएको उनको कोसेलीले अन्यरचनोमा जस्तै दर्शकहरुको साथ पाउनेमा विश्वस्तछन् ,भिडियो मा सुबाश शाह को DPO र Coloring रहेको छ ।

पुरा भिडियो तल थिचेर हेर्नुहोला 

 

WRITE COMMENTS FOR THIS ARTICLE