माओवादी केन्द्रीय कमिटी बैठक स्थगित
२ चैत
काठमाडौँ – माओवादी मुख्यालय पेरिसडाँडामा चलिरहेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक केही दिनका लागि स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि आइतबार पहिलोपटक बसेको केन्द्रीय कमिटीको निरन्तरता सोमबार पनि जारी थियो ।
पार्टीको नाम फेर्नेदेखि एमालेमा गएका सांसदहरुलाई कारबाही गर्नेसम्मका आइतबारको बैठकमा पेस भएका ६ वटा एजेन्डामा भइरहेको छलफलमा २० जना केन्द्रीय सदस्यले आआफ्ना धारणा राखेको श्रेष्ठले बताए ।
‘वर्तमान परिस्थितिको समीक्षा गर्दै बैठक केही दिनका लागि स्थगित गरिएको छ’, श्रेष्ठले भने, ‘बहकिएका साथीहरुलाई कारबाही गर्ने विषयमा तत्काल निर्णय भएको छैन ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE