Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

चुनावमा गठबन्धन गरेर जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुन्छ : महामन्त्री थापा

२९ फागुन, सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । आउँदो चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताउनुभयो ।

प्रेस युनियन सुर्खेतले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले भन्नुभयो, ‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा छ । यो नेपालको आवश्यकता हो, महामन्त्री थापाले भन्नुभयो, यो गठबन्धनलाई थप बलियो बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही पनि छैन ।’

महामन्त्री थापाले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै भन्नुभयो, ‘त्यति बेला तत्कालीन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो । दुई वटै पार्टी मिल्नुपर्छ भनेर हामीले चुनाव गरायौँ तर हामी चुनावमा तालमेल नगरि एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लड्यौँ ।’ उहाँका अनुसार यो पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्ला–एक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरु भएको छ ।

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा चुनाव लड्ने र आफ्नै तागतमा चुनाव लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो हप्ताभित्र निर्णय हुने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उहाँले जानकारी गराउनुभयो ।

महामन्त्री थापाले कांग्रेस पार्टीभित्र भागबन्डाको अन्त्य गर्न खोजेको बताउनुभयो । पार्टीभित्र हुने भागबन्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको उहाँको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE