Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

राष्ट्र, राष्ट्रियता, स्वाधीनता, अन्तर्राष्ट्रिय पहिचान मूल नारा सहति यस वर्षको राष्ट्रिय झण्डा दिवस मनाइयाे

मनिष रञ्जन बराल
१ पुष, काठमाडौँ- विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । बुधबार राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले दिवसका अवसरमा माइतीघर मण्डलामा एक कार्यक्रम आयोजना गरि मनाएको हो ।

प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । विक्रम सम्वत २०१९ पुष १ गते नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुस १ गते देखि दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दिवस मनाइएको बताउनुभयो ।

पछिल्लो समय राष्ट्रिय झण्डाको प्रयोग विभिन्न नारा, जुलुसमा भइरहेको भन्दै झण्डालाई राष्ट्रिय पहिचानको रुपमा मात्रै प्रयोग गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय झण्डाको महत्व नै नबुझेर प्रयोग गरिनु ठिक नभएको पनि उहाँको भनाई छ । ‘राष्ट्र, राष्ट्रियता, स्वाधीनता, अन्तर्राष्ट्रिय पहिचान’ मूल नारा सहति यस वर्षको राष्ट्रिय झण्डा दिवस मनाइएको हो । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE