Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सिरहामा सशस्त्र प्रहरीको संलग्नतामा व्यापक तस्करी: एसपी नरेश भण्डारीको मिलोमतोमा कपडा तस्करीको खुलासा

✍️ओमप्रकाश यादव

सिरहा – सिरहा जिल्लाको सिरहा नगरपालिका-१८ स्थित सीमावर्ती गाउँ शिकाज्योति तस्करीको मुख्य मार्ग बनेको तथ्य बाहिर आएको छ। स्रोतका अनुसार, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारीको प्रत्यक्ष मिलोमतोमा यो तस्करी सञ्चालन भइरहेको छ।

तस्करीको माफिया र प्रहरीको गठजोड

सूचनाका आधारमा एसपी भण्डारीले आफ्ना घुमुवाहरू परिचालन गरी तस्करहरूसँग मोटो रकम असुल्ने गरेका छन्। महिनामा लाखौं रकम ‘लाइन’ लिएर तस्करीको अनुमति दिने गरिएको खुलासा भएको छ। अवैध लत्ताकपडाहरू बिना नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेर सीमावर्ती क्षेत्रबाट नेपाली बजारमा पुर्‍याउने गरिन्छ।

मुख्य तस्करी मार्ग र तस्करीको शैली

लगडीगदियानी र शिकाज्योति नाकाबाट कपडा लगायतका सामग्रीहरूको तस्करी व्यापक रूपमा भइरहेको छ। शिकाज्योति गाउँबाट सुरु हुने तस्करी सल्हेश मार्ग हुँदै गोलबजारसम्म सहज रूपमा पुर्‍याइन्छ। तस्करीका सामानहरू बिना रोकटोक नेपाली बजारमा पुग्दा स्थानीय प्रशासनको मौनता पनि प्रश्न उठ्न थालेको छ।

प्रमाण र गम्भीर आरोप

तस्करीमा संलग्न मोटरसाइकल र अन्य साधनको तस्बिरहरूले यो क्रियाकलापको पुष्टि गरेका छन्। कपडाले भरिएका बिना नम्बर प्लेटका मोटरसाइकलहरूको अवैध गतिविधि खुलेआम देख्न सकिन्छ। यसले सीमावर्ती नाकाहरूमा तैनाथ सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न खडा गरेको छ।

स्थानिय प्रशासन र संघीय सरकारलाई प्रश्न

यस घटनामा सशस्त्र प्रहरीका अधिकारीहरू प्रत्यक्ष रूपमा संलग्न भएको आरोपसँगै यो विषय गहिरो छानबिनको माग गर्न थालिएको छ। स्थानीय जनता र सरोकारवालाहरूले तस्करी रोक्न कडा कदम चाल्न सरकारलाई अपिल गरेका छन्।

सम्बन्धित निकायको मौनता र जिम्मेवारी

सशस्त्र प्रहरी बलको भूमिका शंकाको घेरामा परेको छ। सीमाको सुरक्षाका लागि जिम्मेवार निकायहरूकै प्रत्यक्ष सहभागितामा यस्तो गतिविधि भइरहेकाले तस्करी नियन्त्रणको लागि ठोस पहल आवश्यक भएको छ।

छानबिन र कारबाहीको माग

स्थानिय जनप्रतिनिधि, नागरिक समाज र संचारमाध्यमले यस विषयमा कडा कदम चाल्न आग्रह गरेका छन्। तस्करीमा संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै स्थानीय स्तरमा दबाब बढ्दै गएको छ।

आरोपी एसपीको भनाई

आफुले कहीं कतै कुनै तस्कर सँगको मिलोमतो नरहेको दावी गरे। आफुले कुनै पनि घुमुवा परिचालन नगरेको बताए। “घुमुवा भनेको सादा पोशाक हुन्छ,आफुले कुनै सादा पोशाकको प्रहरी परिचालन नगेको “उनले भने बर्दी मै सूचना संकलन तथा चोरी तस्करीका मालसमान नियन्त्रण गर्न प्रहरी परिचालन गरेको स्वीकार गरे।

WRITE COMMENTS FOR THIS ARTICLE