Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

प्रचण्डको पक्षमा लागेपछि बादलले हटाए स्वकीय सचिव

१६ फागुन
काठमाडौं –
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीयसचिव विरु तामाङलाई पदबाट हटाउनु भएको छ । आफूसँग रहेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्षमान पुनका लागि काम गरेको आरोप लगाउँदै उहाँले तामाङलाई हटाउनु भएको हो ।

उहाँ पूर्वमाओवादी लडाकूसमेत हुन् । गृहमन्त्री थापाको सचिवालयमा अधिकृतस्तरको नियुक्तिमा उहाँ सुरुवाती समयदेखि नै कार्यरत् हुनुहुन्थ्यो । गृहमन्त्रीनिकट स्रोतले भन्यो, “हाम्रो समूहमा रहेर उनले युवामा भाँडभैलो गरे । प्रचण्ड र वर्षमानका लागि काम गर्न लागेको सूचना पाएपछि हटाइएको हो ।”

यसअघि, संसद् विघटनको निर्णयपछि गृहमन्त्रीका प्रमुख सल्लाहकार सूर्य सुवेदीले पदबाट राजीनामा दिनु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE