Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अन्ततः माओवादी केन्द्रले फिर्ता लियो सरकारको समर्थन

२१ वैशाख, काठमाडौँ – लामो दुविधापछि अन्ततः नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीको मंगलवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको  हो।

माओवादी नेता देव गुरुङले मंगलबारको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुलाई पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।

योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।

ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।

 

WRITE COMMENTS FOR THIS ARTICLE