सिंहदरबारभित्र गोली चल्यो, कर्मचारीहरुको भागदौड
१० कार्तिक, काठमाडौँ – सिंहदरबारस्थित संसद सचिवालय परिसरमा पेस्तोल पड्एिको खबर प्राप्त भएको छ । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीेले बोेकेको पेस्तोल अचानक पड्किएको सचिवालय स्रोतले जनाएको छ ।
भारतीले कम्मरमा राखेको पेस्तोल झिक्न खोज्दा अकस्मात पड्एिपछि सचिवालयमा रहेका कर्मचारीहरुको एकछिन भागदौड मच्चिएको थियो ।
नयाँ हतियार बोकेकी भारतीले हतियार इन्ट्री गर्ने क्रममा एक्कासी पेस्तोल पड्एिको बताइएको छ । घटनाबारे भारतीमाथि थप सोधपुछ भइरहेको जनाइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE