चेपाङ बालबालिकालाई कपडा सहयोग
- सिताराम थापा
बागलुङ – चिसोका कारण समस्यामा खेपिरहेका दक्षिणी धादिङ चोतेसका चेपाङ्ग बालवालीकाहरुलाई राहत स्वरुप लत्ता कपडा वितरण गरिएको छ । विषेश गरी बालवालिकाहरु चिसो मौसममा न्यानो कपडा नभएका कारण बिरामी पर्न थालेको समाचार विभिन्न सञ्चार माध्यामहरुमा प्रशारण भएपछी सामाजिक तथा शैक्षिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले बालबालिकाहरुलाई सहयोग गरेका हुन् ।
बागेश्वरी आधारभुत विद्यालयमा अध्यानरत ५५ जना बालवालीकाहरुका लागी आवाश्यक पर्ने न्यानो कपडा र शैक्षिक समाग्री वितरण गरेका हुन । धादिङमा जन्मीएर विभिन्न ओहदामा पुगेका र बिदेशमा रहेका ब्यक्तित्वहरुको समुहिक सहयोगमा बालबालिकाहरु लाई राहत स्वरुप न्यानो कपडा र शैक्षिक सामाग्री जुत्ता,टोपी, कपडा कम्मल र आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो । सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै सेवा भाव देखाएकोमा खुसि ब्यक्त गर्दै आगामि समयमा गाउपालिका समेत अझै संबेदनशिल भएर लागि पर्ने गाउपालिका अध्यक्ष पित बहादुर डल्लाकोटिले बताए।

चेपाङ समुदायका दुर्गतिपुर्ण बर्तमानमा बाचिरहेका भविष्यको कर्णधार संभावना बोकेका कलिला बालबालिका बाच्न र आफ्नो सृजनशिल बिकासको निम्ति शिक्षा अपरिहार्य रहेकोले सबैजना संवेदनहशल भएर हामीले सामुहिक प्रयत्नमा सहयोग गरेका हौ शिक्षाबिद डा. सदानन्द कंडेलले बताए ।
अशिक्षा र गरिवीका कारण उनीहरु समस्यामा परेको भन्दै त्यहाँका बालवालीकाहरुलाई धादिङको बेनिघाट रोराङ्ग गाउँपालीकाको सहयोगमा प्लस टु सम्मको शिक्षाका लागी र ५५ जना बालकालिका लाई आवश्यक पर्ने सबै शैक्षिक खर्च बेर्होने गरी आफुहरु सहयोग गर्न तयार भएको पनी सहयोगि डा. कडेलले बताए ।
धेरै बालवालीकाहरु विद्यालय उमेरको पचास प्रतिशत भन्दा बढी अझै विद्यालयको पहुच भन्दा बाहीर रहेकोले नेपालको संविधान अनुसार नेपाल सरकार र राज्य संयन्त्र नै जवाफदेहि र उत्तरदायी हुने बतावरण निर्माण गरेमा मात्र दिगो हुने सामाजिक अभियान्ता एवं संचारकर्मी समेत रहेको सिताराम थापाको विश्लेषण छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE