थपिए २६७६ नयाँ संक्रमित, थप ३३ को मृत्यु
थपिए २६७६ नयाँ संक्रमित, थप ३३ को मृत्यु
३१ असार, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार २ सय ५६ जनाको पीसीआर विधिमार्फत गरेको परीक्षणमा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ जनाको एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा ८ सय ९४ जना गरी कुल २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५७ जना निको भएर घर फर्किएका छन् भने ३३ को ज्यान गएको छ ।
नेपालमा हाल २६ हजार ६ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE