Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

‘विप्लव’ र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

‘विप्लव’ र राप्रपा अध्यक्ष थापाबीच भेटवार्ता

८ साउन, काठमाडौं– नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

भेटपछि उनले राप्रपाको धारणा पनि विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भन्ने नै रहेको बताए ।

भेटमा दुवै पार्टीका अन्य नेताहरुको पनि सहभागिता रहेको थियो ।

पछिल्लो समय विप्लव राजनीतिक भेटघाटमा सक्रिय रहेका छन् । उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE