उपत्यकामा २३ सहित आज देशरी २ सय ५५ जनामा कोरोना पुष्टि
काठमाडौँ-बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित देशभर २ सय ५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गएको २४ घन्टामा काठमाडौंमा १६ र ललितपुरमा ७ सहित २ सय ५५ जना नयाँ संक्रमित फेला परेको जनाएको हो । मन्त्रालयको पछिल्लो विवरणअनुसार नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
संक्रमित हुनेमा दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १, मोरङका १, म्याग्दीका १, कास्कीका १३ रहेका छन् ।
यसैगरी गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना छन् ।
त्यस्तै झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार गत २४ घन्टामा २ सय ५३ जना कोरोना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना निको भएर घर जानेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE