काठमाडौं उपत्यकामा ५१ संक्रमित थपिए
श्रावन, १९
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा पछिल्ला केही दिन देखि संक्रमितको संख्या उल्लेख्यरुपमा थपिने क्रम निरन्तर रहदा सोमबार ५१ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१ संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा र भक्तपुरका १ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १७ जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमणको पुष्टि भएको छ ।
यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा संक्रमण पुष्टि हुँदा स्टार अस्पताल सानेपामा काठमाडौंका ५ जनामा र ललितपुरका १ जनामा संक्रमण देखिएको छ । यसैगरी बीरेन्द्र सैनिक अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा संक्रमण देखिएको छ भने टिचिङ अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा र भक्तपुरका जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमााडौंका ५ जनामा , ललितपुरका २ जना र भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै काठमाडौंमा ४ सय ९२, ललितपुरमा १०८ र भक्तपुरमा ६४ संक्रमित गरी कुल उपत्यकामा कुल संक्रमितको संख्या ६ सय ६४ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE