डेङ्गु परीक्षण शुल्कमा मनोमानी
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन ।
स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु परीक्षण शुल्क मनपरी रूपमा लिएको भन्ने गुनासो आएपछि डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउने निर्णय भएको बताए ।
तर निर्णय कार्यान्वयनमा किन ढिलाइ भएको भन्नेबारे थाहा नपाएको बताउँदै भने, “म भोलि नै बुझेर कार्यान्वयनमा लैजान्छु ।” स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा विज्ञसहितको टोलीको भदौ २१ गते सम्पन्न बैठकले तीन दिनदेखि एक सातासम्म डेङ्गु परीक्षण शुल्कमा एकरूपता गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय भएको १० दिन बितिसक्दा पनि मन्त्रालयले डेङ्गु परीक्षण शुल्कमा एकरूपता ल्याउन सकेको छैन । यो समाचारगोरखापत्र दैनिकमा छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE