लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाले लगायो ह्वीप
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाले लगायो ह्वीप
३० जेठ, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारमा प्रस्तुत भएको नीति तथा कार्यक्रमको विपक्षमा उभिन ह्वीप लगाएको छ ।
जसपाले सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरेको हो ।
जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले आज एक विज्ञप्ती जारी गर्दै सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।
प्रमुख सचेतक मगरले जसपा संसदीय दलका नेता सहशराम यादवको निर्देशनमा उक्त ह्वीप जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
लुम्बिनीमा प्रदेश सरकारको मन्त्रीमण्डलमा जसपाका सांसद विजयकुमार यादव, सुमन शर्मा रायमाझी, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सहभागी रहेकाले उनीहरूका लागि भनेर ह्वीप गरिएको स्रोतले बतायो । ह्वीप जारी गर्नेहरु बाबुराम–उपेन्द्र पक्षका सांसद हुन्।
यस्तै सरकारमा सहभागी भएकारु ठाकुर–महतो पक्षका हुन् ।
लुम्बिनीमा जसपाका ६ जना सांसदमध्ये ४ जना महन्थ-राजेन्द्र पक्षधर छन भने बाबुराम-उपेन्द्र पक्षधर २ जना सांसद रहेका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE