पोस्तक श्रेष्ठको कथा संग्रह ‘मुन्नी’ बजारमा
१ फागुन
काठमाडौं – पोस्तक श्रेष्ठको कथा संग्रह ‘मुन्नी’ बजारमा आएको छ । अमेरिकामा रहेर पर्यटन पेशामा आबद्द श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह ल्याएका हुन्। लिपि बुक्सले बजारमा ल्याएको पुस्तकमा २२ वटा कथा समावेश छन्। संग्रहित पुस्तक समावेश कथाहरु समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेको श्रेष्ठले बताए।
पुस्तकमा अमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाइएको छ। ‘एउटा लेखक कुनैपनी विषयमा तटस्थ हुन सक्दैन्’, उनले भने, ‘कथामा सामाजिक विषयहरु अटाएका छु। जहाँ प्रेम,युद्द,राजनिती तथा सामाजिक विषय छन्।’ पुस्तक प्रकाशन गर्नु अघि कथाहरु आफ्ना भएपनी प्रकाशन पश्चात् भने पाठकको रहेको उनले बताए।
पुस्तकको विषयमा आफुले चर्चा गर्नुभन्दापनि लाई नै मूल्याङ्कनको लागि छुट्याउदै राम्रो हुन्छ, श्रेष्ठले भने । नेपाली सहित्य क्षेत्रमा कथा लेखन सुस्तता रहेको बेला श्रेष्ठका कथा आउनु सुखद पक्ष रहेको प्रकाशक अर्जुन अधिकारीले बताए। ‘यी कथा मात्र होइनन्। हाम्रो समाजका विम्व हुन्’, उनले भने।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE