युरोकपः समूह ‘ए’ का अन्तिम खेल आज हुँदै
युरोकपः समूह ‘ए’ का अन्तिम खेल आज हुँदै
६ असार, काठमाडौं– जारी १६ औं संस्करणको युरो कपमा आज समूह चरणअन्तर्गत समूह ‘ए’ का अन्तिम खेलहरु हुँदैछन् ।
युरोकपमा आज दुई खेलमात्र हुँदैछन् ।
आजका खेलमा रोममा घरेलु टिम इटालीले वेल्स तथा आजबैजानको बाकुमा स्विट्जरल्यान्डले टर्कीको सामना गर्दैछ । दुवै खेल नेपाली समयअनुसार राति ९ः४५ देखि सुरु हुनेछ ।
समूह ‘ए’ बाट अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको इटाली घरेलु मैदानमा उच्च मनोबलका साथ उत्रनेछ । यद्यपि समूह ‘ए’ को अर्को अपराजित टिम वेल्स पनि अन्तिम १६ मा स्थान सुरक्षित गर्न अग्रसर हुने भएकोले यो खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।
पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई पराजित गरेको थियो।
यस्तै अर्को खेलमा स्विट्जरल्यान्ड टर्कीविरुद्ध जित हात पार्दै दोस्रो हुने अभियानमा छ। अघिल्ला दुई खेलमा पराजित रहेको टर्की जित निकाल्दै तेस्रो स्थानमा रहने लक्ष्यमा छ ।
हालसम्म स्वीट्जरल्याण्ड र टर्कीबीच भएका १५ खेलमध्ये आठ खेलमा टर्की विजयी भएको छ भने चार खेलमा स्विट्जरल्याण्डले जित हात पारेको छ । यस्तै ३ खेल बराबरीमा टुंगिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE