Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

जुलाई ७ देखि सुरु हुने भयो राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

जुलाई ७ देखि सुरु हुने भयो राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण

१७ असार, काठमाडौं– राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण जुलाई ७ देखि हुने भएको छ ।

आजदेखि सुरु हुने बन्द प्रशिक्षण प्राविधिक कारण देखाउँदै अखिल नेपाल फुटबल संघ एन्फाले एक साता पछिलाई सारेको हो ।

यसअघि साफ च्याम्पियनसिपलाई भनेर ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बोलाएका थिए ।

सेप्टेम्बरदेखि बंगलादेशमा साफ च्याम्पियनसिप आयोजना गर्ने तयारी छ ।

यस्तै नेपालले एसियन कप छनोटको अन्तिम चरणमा पनि प्रतिस्पर्धा गर्दैछ ।

WRITE COMMENTS FOR THIS ARTICLE