Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण

२९ भाद्र

काठमाडौं –  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय १२ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र ४ सय ४० संक्रमित थपिएका छन् भने ललितपुरमा २९ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४३ जना संक्रमित देखिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १२ हजार २ सय ५० पुगेको छ । यसमध्ये काठमाडौमा १० हजार २८ , ललितपुरमा १ हजार १ सय ९० जना र भक्तपुरमा १ सय ३२ जना संक्रमित छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE