Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपालीको बचत क्षमतामा ह्रास : सरदरमा एक सय कमाउँदा ९१ रुपैयाँ खर्च

१ चैत्र
काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत खुम्चिएपछि बचतमा ह्रास आएको हो ।

राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९र२० मा सरदरमा नेपालीले आम्दानीको ९१.१ प्रतिशत उपभोगमा खर्च गरेका छन्। यसको अर्थ सरदरमा नेपालीले एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गरेर करिब नौ रुपैयाँ मात्र बचत गर्छन् भन्ने हो। ‘कमाइको ९१.१ प्रतिशत उपभोग खर्च भएको अध्ययनमा देखिएको छ,’ विभागका निर्देशक गणेशप्रसाद आचार्यले भने, ‘८.९ प्रतिशत मात्र बचत भएको देखिन्छ ।’

विभागले आधार वर्ष २०१०र११ लाई मानेर गरेको अध्ययनमा यस्तो भेटिएको हो। नयाँ आधार वर्ष अनुसार सन् २०१८ र १९ मा ८४।३ प्रतिशत उपभोग खर्च रहेकोमा २०१९ र २० मा उपभोग खर्च ६.८ प्रतिशत बढेर ९१.१ प्रतिशत पुगेको हो। यसले अघिल्लो वर्षभन्दा गत वर्ष बचत घटेको पुष्टि गर्छ। नेपाली घरपरिवारमा उपभोग गर्ने बानीमा आएको परिवर्तन र वस्तु तथा सेवाको उपलब्धताका कारण पनि खर्च बढेको हो। नेपालीले आफ्नो कमाइको अधिकांश हिस्सा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, शिक्षा, स्वास्थ्य, घरघडेरी जोड्नेलगायत क्षेत्रमा खर्च गर्दै आएका छन्।

यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE