निर्वाचन आचारसंहिता विपरित कार्य गरेकोप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण
निर्वाचन आचारसंहिता विपरित कार्य गरेकोप्रति निर्वाचन आयोगको ध्यानाकषर्ण
५ जेठ, काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता विपरित गतिविधि गरेको देखिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै केही व्यक्तिले विज्ञप्ती नै निकालेर मत मागेको तर्फ आयोगको ध्यानाकर्षण भएको जनाएका हुन् ।
आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’को पक्षमा विज्ञप्ती निकालेरै मत मागेका थिए । मत मागेकै दिन आयोगले विज्ञप्ती मार्फत चासो देखाएको हो ।
आयोगका प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तीमा, ‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचार संहिता विपरीत वक्तब्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिने जस्ता गतिविधिहरु गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ’ भनिएको छ ।
आयोगले, ‘निर्वाचन आचारसंहिता विपरित कार्य गर्ने व्यक्ति वा संस्थालाई कारवाही गर्न सक्ने जनाउँदै आचारसंहिता उल्लङ्खन गर्नेको अभिलेख समेत राख्ने जनाएको छ ।’
वाग्मती प्रदेशमा हुने उपनिर्वाचनका लागि जेठ ३ गतदेखि नै मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE