८८ दिन पश्चात् सरकारले पायो पूर्णता, यी हुन् प्रधानमन्त्रीका सारथी (सूचिसहित)
२२ आश्विन, काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ औं दिनपछि सरकारलाई पूर्णता दिनुभएको छ। सत्तापक्षीय गठबन्धनबाट समेटेर प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णता दिनुभएको हो । कांग्रेसबाट डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै, दिलेन्द्र प्रसाद बडुलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री, उमाकान्त चौधरीलाई खानेपानी तथा सरसफाई, उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ । कांग्रेसबाट गैरसांसद गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट देवेन्द्र पौडेललाई शिक्षा, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र महेश्वरजंग गहतराज युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ ।त्यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
जनता समाजवादी पार्टी, नेपालबाट रेणु यादवलाई भौतिक पूर्वाधार, महिन्द्र राय यादवलाई कृषि मन्त्रालय, रामसहायप्रसाद यादवलाई वन तथा वातावरण र राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

काग्रेसबाट उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा, नेकपा (एकीकृत समाजवादी) बाट भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र नेकपा (माओवादी केन्द्र) बाट बोधकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुको आजै साँढे चार बजे राष्ट्रपति कार्यालय शितलनिवासमा सपथग्रहणको कार्यक्रम राखिएको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE