Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

खहरे खोलाले बगाउँदा मृत्यु

९ असार, काठमाडौँ – खहरे खोलाले बगाउँदा  आज एक पुरूषको मृत्यु भएको छ । मृत्यु हुनेमा  लमही नगरपालिका – ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि  माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा  आज साँझ ५ बजेतिर मृत्यु भएको  हो । उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE