Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रदेशसभा बैठकमा वैद्यले गरे आत्मालोचना

२९ जेठ, काठमाडौँ – बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्यले आफूले हिजो प्रदेश सभाको बैठकमा दिएको अभिव्यक्तिको आत्मालोचना गर्दे सो अभिव्यक्ति फिर्ता लिएका छन् ।

शनिबार प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्य वैद्यले आफूले शुक्रबार प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारण राख्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर दिएको अभिव्यक्तिको आत्मालोचना गर्दै फिर्ता लिएको बताएका छन् । उनले आफ्नो  उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन समेत सभामुखलाई आग्रह गरे ।

उनले भने, ‘अहिले प्रधानमन्त्री ओलीले आफ्नो सत्ता टिकाउनका लागि जुनसुकै सम्झौता गर्न तयार भएको देखेर म असाध्यै आवेशमा आएर आवश्यकताभन्दा बढी स्वतन्त्रताको प्रयोग गर्दै बोलेछु, मेलै बोलेका शब्दहरू फिर्ता लिएको छु ।’

हिजो शुक्रबार नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद  वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर उनले ओलीविरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE