हाडनाता करणी मुद्दाका फरार अभियुक्त पक्राउ
हाडनाता करणी मुद्दाका फरार अभियुक्त पक्राउ
१ साउन, काठमाडौं– प्रहरीले हाडनाता करणी मुद्दाका फरार अभियुक्तलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
प्रहरीले मोरङ रङ्गेली नगरपालिका–३ बस्ने ४६ वर्षीय रोहित विश्वकर्मालाई पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिलाई हाडनाता करणी मुद्दामा उच्च अदालत बिराटनगरको २०७४ असार २८ गतेको फैसलाले १७ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
उनी सजाय वेरुजू रही फरार रहेका थिए ।
उनलाई मोरङ अमरदह नगरपालिका–१ खैरबारीबाट फेला पारी उक्त ब्यूरोले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत मोरङ पठाईएको उक्त ब्यूरोले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE