Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

जबरजस्ती करणी अभियोगमा एक पक्राउ

जबरजस्ती करणी अभियोगमा एक पक्राउ

३० जेठ, काठमाडौं– प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका–१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE