Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने

  • सिंहराज योन्जन

१२ चैत
काठमाडौँ –
प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा २ को  आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने भएको हो ।

खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा हुने आयोजकले जनाएको छ । पर्यटकीय गन्तव्य गाउँ दोरम्बाको विकासको लागि फुटबल प्रतियोगिता आयोजना  गर्न लागिएको दोरम्बा गाउँपालिका–२  वडा सदस्य एवं सैलुङ्ग खेलकुद विकास समितिको महासचिव रञ्जित मोक्तानले जानकारी दिनुभयो ।

मोक्तानका अनुसार प्रतियोगितमा भाग लिने टिमले चैत २३ गते चार बजेसम्म टिम दर्ता गराउनु पर्नेछ । साथै टिम सहभागी हुँदा आधिकारिक संघसंथाको प्रमाण पत्र सहित सहभागि हुनुपर्ने छ ।

खेलमा प्रथम हुने टिमको लागि नगद रु एक लाख ५० हजार शिल्ड, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमको लागि नगद रु  १ लाख मेडल र प्रमाण पत्र, तृतिय हुने टिमको लागि नगद रु  पचास हजार रुपैयाँ मेडल र प्रमाण पत्र सान्त्वनाको लागि नगद रु २० हजार र उत्कष्ट खेलाडीको लागि नगद रु ५ हजार र ट्रफी सहितको  पुरस्कार राखिएको छ ।

प्रतियोगिता चैत्र २४ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE