Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

महेश बस्नेतले चिया पिएर निस्किएपछि प्रचण्ड(नेपाल समूह) पुग्यो निर्वाचन आयोग

२० फागुन
काठमाडौं –
नेकपा पार्टीको आधिकारिकता दिन ढिलाई भएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । बिहीबार दिउँसो प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेको जनाइएको छ । निर्वाचन आयोग पुगेर छिटो पार्टीको आधिकारिकता टुंग्याउन आग्रह गरिएको जनाइएको छ ।

बुधबारमात्रै केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दिन ढिलाइ गरेको भन्दै प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आपत्ति प्रकट गरेको थियो । त्यसपछि आयोगसमक्ष पार्टीले पुनः ध्यानाकर्षण र ताकेता गर्ने निर्णय पनि बैठकले गरेको थियो ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र समेत संकलन गरिएको थियो । बैठकले आयोगले कानुन, नेकपाको विधान, लोकतान्त्रिक प्रणाली र मान्यताबमोजिम तत्काल निष्पक्ष एवं न्यायसंगत निर्णय गर्नपर्ने ठहर गरेको छ ।

यसैगरी प्रचण्ड–नेपाल समूहले माघ २० मा राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ को प्रक्रियाअनुसार आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिइसकेको छ । यद्यपि, आयोगले उक्त निवेदनमाथि के गर्ने भन्ने निर्णय गरेको छैन ।

बिहीबार आयोगमा पुग्नुअघि नेकपा ओली समूहका सांसद महेश बस्नेत निर्वाचन आयोग पुगेका थिए । उनले त्यहाँ पुगेर के के बात मारे भन्ने विषयमा जानकारी दिइएको छैन । केही समय आयोगमा बिताएका उनले चिया पिएर फर्केको बताइएको छ ।

आयोग स्रोतका अनुसार बस्नेत आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तसँग छलफल गरेका थिए। सांसद बस्नेतले नेकपाका बहुमत सांसद पार्टी एकताको पक्षमा रहेको पनि बताएको स्रोत बताउछ ।

WRITE COMMENTS FOR THIS ARTICLE