Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस १ डिग्री

२२ कात्तिक
काठमाडौँ
– मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा प्रभाव पार्ने उल्लेखनिय मौसमी प्रणली विकसित भएको छैन । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको न्यूनतम तापक्रम हिजोको तुलानामा आज बिहान घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
महाशाखाका अनुुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम जाडो सुरु भएपछिकै कम १० डिग्री सेल्सियस मापन गरिएको छ ।  हिजो बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
 
जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रम घट्दै गएकाले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्न थालेको छ ।
 
तापक्रम अझै घट्दै जादा मुलुकका विभिन्न स्थानमा हुस्सु लाग्ने मौसमविद्हरुको पूर्वानुमान छ ।

WRITE COMMENTS FOR THIS ARTICLE