काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने तयारी
२५ साउन, काठमाडौँ – कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा पार्ने कि भन्ने विषयमा छलफल सुरु गरिएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार साउन २७ पछि निषेधाज्ञा थप गर्ने र त्यसपछिको निषेधाज्ञा अलि कडा पार्ने कि भन्ने विषयमा अनौपचारिक छलफल भइरहेको छ ।
‘यस विषयमा हामी (तीन जिल्लाका सीडीओ) भोलि छलफलमा बस्छौं,’ पराजुलीले भने, ‘संक्रमण बढेकाले केही क्षेत्र सीमित गर्ने कि भन्ने सोचिरहेका छौं।’
यसअघि घोषित निषेधाज्ञाको अवधि यही साउन २७ गते मध्यराति सकिँदै छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE