प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेबारे प्रचण्ड र देउवाबीच छलफल
२६ फागुन
काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता मंगलबार साँझ भएको छ । देउवालाई भेट्न प्रचण्ड देउवा बुढानिलकण्ठ पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल गर्न उनी देउवा निवास पुगेको बुझिएको छ ।
मंगलबार मात्रै नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भएको थियो । त्यसकै लागि प्रचण्ड मंगलबार देउवा निवास पुगेको बुझिएको छ ।
यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE