ओलीको धम्कीबाट न्यायाधीश डराउने वाला छैनन् : देउवा
१६ असार, काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाउनुभएको छ । तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उहाँले विश्वास व्यक्त गर्नुभएको हो ।
विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’
निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने उहाँले बताउनुभयो । देउवाले भन्नुभयो, ‘मलाई विश्वास छ, ओलीको धम्कीबाट कोही पनि न्यायाधीश डराउने वाला छैनन् ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE