Date
शनि, फाल्गुन २२, २०७७
Sat, March 6, 2021

रामेछापमा होमस्टे सञ्चालन

काठमाडौँ-रामेछाप नगरपालिकामा होमस्टे सञ्चालनमा आएको छ । रामेछाप नगरपालिकाको सहयोगमा तालिम पछी वडा नम्बर ६ र ७ मा होमस्टे सञ्चालनमा आएको हो । नगरपालिकाका पर्यटकिय स्थलहरुमा पर्यटकहरु भित्राउन होमस्टेले महत्वपुर्ण भुमिका खेल्ने छ । भालुखोप डाँडा रामेछापको एक विषेश पर्यटकिय स्थाल हो, यहाँ होमस्टे सन्चालन गर्न नगरपालिकाले आवश्यक तालिम र समाग्री वितरण गरेको थियो । नगरपालिकाले होमस्टे सञ्चाल गर्न मापदण्ड पुरा भएका ९ परिवार लाई होमस्टे सन्चालकहरुकै मागको आधारमा आवश्यक पर्ने सामाग्र्रीहरु सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले भलुखोप पर्यटकिय स्थल भएकोले आउने आन्तरिक तथा वहाय पर्यटकहरुलाई गर्नु पर्ने स्वागत र सत्कारमा कमी हुन नदिन आग्रह गर्नु भयो । खाना मात्र मिठो भएर हुदैन सफा हुनका साथै बोली बचन र ब्यवहार समेत राम्रो हुनु पर्ने उहाँले बताउनु भयो ।
रामेछाप नगरपालिकाको ८० प्रतिशत र भालुखोप सामुदायिक होमस्टेको २० प्रतिशत लगानीमा उक्त समाग्री प्रदान गरिएको हो । साथै वडा नम्बर ७ ले पनि केही सामाग्री उपलब्ध गराएको थियो । होमस्टेमा तामाङ जातीका कला, संस्कृति र रितिरिवाज, स्थानिय खानाका परिकारहरुले त्यहाँ जाने पर्यटकहरुलाई स्वागत गरिने होमस्टे सञ्चालकले जनकारी दिए । भालुखोप डाँडा आसपासमा पर्यटकिय एवम धार्मिक स्थल ताराखसे पोखरी र गणेशटार मन्दिर रहेका छन भने भालुखोप डाँडामा भ्युटावर निर्माण गरिदै छ ।

WRITE COMMENTS FOR THIS ARTICLE