Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

समयमा मल आयात नगर्ने दुई कम्पनीमाथि कारबाही अघि नबढाउन उच्च अदालतका आदेश

२९ भाद्र
काठमाडौँ—उच्च अदालत पाटनले समयमा मल आयात नगर्ने दुई कम्पनी शैलङ इन्टरप्राइजेज र होनिको मल्टिपल माथिको कारबाही प्रक्रिया बुधबारसम्म अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल प्रालीमाथिको कारबाही यथास्थितिमा राख्न आदेश दिएको हो ।

‘आज आदेश भइहाल्यो, भोलि एकदिन हो, पर्सी दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश भएको छ’ उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले कान्तिपुरसित भने, ‘त्यही दिन अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने टुंगो लाग्नेछ । कृषि सामग्री कम्पनीले भाद्र २१ गते शैलुङ र होनिकोको ठेक्का रद्धगरी धरौटी रकम जफत गरेको थियो ।

सोमबार कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्याललाई सिफारिस गरेको थियो । शैलुङ र होनिकोले आफ्नो धरौटी जफत गर्न नहुने अनि कालोसूचीमा राख्न पनि नहुने माग राखी दुवै कम्पनी उच्च अदालत पाटन गएका थिए ।

समयमै मल आयात नगर्ने शैलुङ र होनिकोलाई कालोसूचीमा राख्न पत्रचार
‘सोमबार कालोसूचीमा राख्न पत्रचार गरका थियौं । पत्र पठाएको दुई घण्टा नबित्दै अदालतबाट निर्णय कार्यान्वयन नगर्नुरनगराउनु भनेर स्टे अडर आयो,’ कृषि सामग्री कम्पनीका प्रबन्ध सन्चालक नेत्र बहादुर भण्डारीले भने, ‘कृषि कम्पनीलाई उपस्थित हुन आदेश छ । अदालतको आदेशको पालना गर्छो ।’
यो समाचार कान्पिुर दैनिकमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE