Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

माधव पक्षका नेताहरूको सुझाव-‘सकेसम्म एकता, नभए अलग’

२४ फागुन
काठमाडौँ –
दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा एमालेका नेताहरुले सकेसम्म पार्टी एकता जीवित राख्नुपर्ने सुझाव दिनु भएको छ । सोमवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका अधिकांश सदस्यले पार्टी एकता जोगाउन प्रचण्ड पक्ष ओली पक्षसँग मिल्न सुझाव दिनु भएको हो ।

पूर्वएमालेका अधिकांश नेताहरुले सकेसम्म एकता गर्नुपर्नेमा जोड दिनु भएको छ । एकता सम्भव नभएको खण्डमा आफूहरू एमालेमै फर्किनुपर्ने धारणा उहाँहरूले राख्नु भएको छ । नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE