प्रधानमन्त्री ओलीले गाली मात्रै सिक्नुभएको रहेछ, तमासा देखाउनुभयो : नेता नेपाल
१६ माघ
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गालीमात्र सिकेको बताउनुभएको छ । विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले पार्टीमा तमासा गरेको दाबी समेत गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘केपी ओली ओरालो लागिसके। ओलीका मानिसको होस हवास भएका छन्। पहिलो धक्का निर्वाचन आयोगबाट पाउनुभएको छ। तपाईँको सडक छाप पार्टी १५ सय १ को काम छैन भन्यो,’ उहाँले भन्नुभयो । ओलीले पार्टीको केन्द्रीय सदस्य संख्या बढाएको विषयलाई लिएर नेपालले ब्यङ्ग्य गर्नुभएको हो ।
साथै ओलीले ओलीले संविधानको घाटी निमोठेको आरोप समेत लगाउनुभयो । प्रथम अध्यक्ष दाबी गर्ने ओलीले नै पार्टीको अनुशासन उल्लंघन गरेको बताउदै भन्नुभयो ‘पार्टीभित्र कसैले तमासा गरिरहेको छैन। ओलीले बाटाबाटामा डमरु बजाउँदै आउनुस् केन्द्रीय सदस्य लिनुस् भनेका छन्,’ नेपालले भन्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE