एक साताका पुग्ने गरी खाद्यान्न किन्न उपत्यकाका सिडिओहरुको आग्रह
एक साताका पुग्ने गरी खाद्यान्न किन्न उपत्यकाका सिडिओहरुको आग्रह
११ जेठ, काठमाडौं– उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले सर्वसाधाराणलाई एक हप्ताका लागि खाद्यान्न किनेर गरेर राख्न भनेका छन् । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले थप कडाइ गर्दै एक साता निषेधाज्ञा बढाउने निर्णय गर्दै सर्वसाधारणलाई कम्तीमा एक साताका लागि खाद्यान्न सञ्चय गर्न अनुरोध गरेका हुन् ।
अधिकारीहरुले दुई दिन भित्र सम्पूर्ण सर्वसाधारणलाई खाद्यान्न समाग्री किन्न आग्रह गरेका हुन् । उपत्यकामा थपिएको निषेधाज्ञा अवधिमा किराना पसल तथा डिपार्टमेन्टल स्टोर पनि खोल्न नपाइने निर्णय गरिएको छ । तर तरकारी, माछामासु, दूग्धजन्य पदार्थ वितरण गर्ने पसल भने खुल्ला बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ । बेलुका भने तरकारी पसल पनि बन्द गर्ने निर्णय गरिएको छ ।
थपिएको निषेधाज्ञा अघि दुई दिनको समय खाद्यान्न किन्नका लागि दिएको जनाएको छ । किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा भीडभाड अझै रहेकोले संक्रमण बढ्न नदिन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
यसैगरी बैंकहरुमा पनि भीडभाड बढेको भन्दै जिल्लाका शाखा बैंकको एक र वाणिज्य बैंकका दुई शाखा खोल्न अनुमति दिएको छ ।
सञ्चारकर्मीहरुको हकमा सूचना विभागको कार्ड अनिवार्य गरिएको छ । कार्ड नहुनेका लागि सञ्चार गृहको सिफारिसमा प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE