Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

स्पेनिश फ्लूभन्दा कोरोना नियन्त्रण गर्न सहज : डब्लुएचओ

६, भाद्र

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र विश्वले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेको छ। कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ।

डब्लुएचओका निर्देशकले भनेका छन्, ‘१९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो नियन्त्रण गर्न सकिन्छ।’

ग्लोबलाइजेसन तथा विश्वभर बढेको मानिसको आवतजावतका कारण कोरोना भाइरस तीव्र गतिमा फैलिएको उनको भनाइ छ। यद्यपि, विज्ञान तथा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका कारण स्पेनिस फ्लूको तुलनामा कोरोना महामारी चाँडै नियन्त्रणमा आउने डब्लुएचओ निर्देशकको तर्क छ।

सन् १९१८ को फेब्रुअरीदेखि १९२० अप्रिल सम्मको दुई वर्षभन्दा बढी अवधि चलेको स्पेनिस फ्लू महामारीबाट विश्वभर करिब २ करोड मानिसको ज्यान गएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE