Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

युट्युब भाइरल महिला हत्या प्रकरण : कसरी भेट भएको थियो आरोपी र सन्तोषीको

१० असार, काठमाडौँ – युटुबमा भइरल महिला सन्तोषी सुब्बाको हत्याको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोक चौतारा घर भएका सुरेश तिमिल्सिना भएको खुलेको छ । काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृत अवस्थामा सन्तोषी सुब्बाको सव भेटिएको थियो ।

स्रोतका अनुसार हत्या गरेको आरोपमा प्रहरीले असन कमलाछीबाट सुरेशलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेका हुन् । सुरेश दक्षिणकालीको वर्कशपमा काम गर्ने गरेको र सन्तोषी दक्षिणकालीतर्फ गएको अवस्थामा सुरेशले सन्तोषीलाई भेटेको पाइएको छ ।

सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । प्रहरीका अनुसार आमा बिरामी हुनुहुन्छ भन्दै सुरेश राती ११ बजेतिर ट्याक्सी चढेर वल्खुतर्फ आएको पाइएको छ । आमालाई कुनै अस्पतालमा पुराएर उनी भक्तपुर गई बसेको र बुधबार मात्रै उनी असन आएको पाइएको छ ।

यसबारे थप जानकारी दिन महानगरीय अपराध महाशाखाले अहिले ११ बजेर ३० मिनेटमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE