Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मेलम्चीका बाढी पिडितलाई विश्व हिन्दु परिषदको राहत

७ असार, काठमाडौँ मेलम्चीका बाढी पिडितलाई विश्व हिन्दु परिषद नेपाल लगायतका केही संस्थाहरुले संयुक्तरुपमा राहत सहयोग गरेका छन् । गत असार १ गते मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएकछन् । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत वितरण गरेको हो ।

राहत वितरण टोलीले शनिबार मेलम्ची पुगी त्यहाँका बाढिपीडितलाई सहयोग गरेको हो । त्यहाका बाढी पिडितहरुलाई खाद्यन्न तथा लत्ताकपडा वितरण गरेको विश्व हिन्दु परिषद नेपाले जनाएको छ ।

विभिन्न चरणमा थप सहयोग गर्ने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले जनाकारी दिनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE