प्रधानमन्त्री देउवा र जापानी राजदूत किकुटाबीच भेटवार्ता
प्रधानमन्त्री देउवा र जापानी राजदूत किकुटाबीच भेटवार्ता
७ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जापानी राजदूत किकुता युताकाले भेट गरेका छन्।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत युताकाले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन्।
भेटका क्रममा राजदूत युताकाले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका थिए। भने प्रधानमन्त्री देउवाले नेपाललाई एस्ट्रेजेनेका खोप उपलब्ध गरादिएको धन्यवाद सहित राजदूत किकुटालाई मायाको चिनो प्रदान गरेका छन् ।
राजदूत युताकासँगको भेटमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्धलाई अझै मजबुद् बनाउनेबारे कुरा गरेका थिए।
यसअघि जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने घोषणा गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE