नेता भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ – पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए ।
अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको हो । अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE